हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी गा.पा. द्वारा गर्मीमा कमी नआए पछी थप ४ दिन शैक्षिक संस्था बन्द गर्न निर्देशन

हल्दिबारी । अत्याधिक गर्मी बढेपछि झापाको हल्दिबारी गाउँपालिका सबै विद्यालय जेठ १८ गते देखी २२ गते सम्म पाँच दिनका लागि बन्द गरिएको थियाे तर गर्मीमा कुनै कमि नआएपछी गाउँपालिकाले जेठ २३ देखी २६ गते सम्म ४ दिन सबै शैक्षिक स‌स्था बन्द गर्न निर्देशन दिएकाे हाे  ।

Advertisement

अत्याधिक गर्मी बढेसँगै पठनपाठनमा समस्या भएकाले हल्दिबारीका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा थप ४  दिन बिदा दिइएको सुचनामा जनाइएको छ । साे बिदा बर्षे बिदाबाट कटौती गर्ने गरी बिदा दिइएको समेत सुचनामा जनाइएको छ ।

Advertisement

अत्याधिक गर्मी बढ्दै गएपछि विद्यार्थी र अभिभावकको आग्रहमा विद्यालय बन्द गरिएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनले बताउनु भएकोछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)