हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दीबारीमा नेत्रहीन संघको वृक्षरोपण कार्यक्रम सम्पन्न

जलथल । नेत्रहीन संघ झापाले ५० औं विश्व वातावरण दिवसको अवसर पारेर हिजो हल्दीवारी गाउँपालिका ४ मा अवस्थित श्री पाथीभरा कालिका सामुदायिक बनमा वृक्षरोपण गरेको छ ।

Advertisement

नेत्रहीन संघ झापाको अध्यक्ष यसोदा बरालको अध्यक्षता तथा वडा अध्यक्ष सन्तकुमार थापाको प्रमुख आतिथ्यतामा
वृक्षरोपण गरी विश्व वातावरण मनाईएको हो ।

Advertisement


श्री पाथिभरा.कालिका.साव.उसको प्राङ्गँणमा र महेन्द्र माविमा समेत वृक्षरोपण गरिएको संघका सदस्य दिलकुमार राजवन्सीले जानकारी दिए ।


वृक्षरोपण कार्यक्रममा वडा सदस्यहरु सुरेन्द्र बारकोटी , भगिरथा दाहाल , बन समितिका अध्यक्ष सागर पोर्तेल ,वडा सचिव जयप्रसाद पोख्रेल लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियोे ।


संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाईदै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)