खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गोलधापले आयोजक “बि” लाई जित्दै अन्तिम चारमा प्रवेश

ढडुवा एफसी हल्दिबारी गाउँपालिकाको आयोजनामा भइ रहेको प्रथम ढडुवा गलाउ मेचे स्मृति कप नकआउट फुटबल प्रतियोगिताको आज भएको खेलमा आयोजक ढडुवा एफसी “बि”माथि गोलधाप एफसीले जित निकाल्न सफल भएको छ ।

Advertisement

यो सगै गोलधाप एफसीले पनि आफ्नो स्थान अन्तिम चारमा पक्का गरिसकेको छ।

Advertisement

ढडुवा एफसी बी टिमका गोलकिपर अरिब ढुङ्गनाको गल्तिका कारण आजको खेल सगौ आयोजक टिम प्रतियोगिता बाट बाहिरिएको छ । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा गोलधाप एफसीसँग ढडुवाले १-० को खेल खेलेको थियो ।

गोलधाप एफसीका लागि सनम हेमरमले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको पहिलो हाफको अन्त्य तिर हेमरमले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच गोलधापका जर्सी नम्बर ८ का खेलाडी सन्तोष हेमरम बन्न सफल भए ।

सो प्रतियोगितामा पहिलो सेमिफाइनल खेलका लागि भोलि एन.सि.एफ.सि सैनिक र न्यु स्टार खोपबारी प्रतिस्पर्धा गर्नेछन ।

स्व गलाउ मेचेको पत्नी चन्द्रा माया मेचेको सभाअध्यक्षतामा चलिरहेको कार्यक्रममा आज प्रमुख अतिथी हल्दिबारी-२ का वडा सदस्य बिष्णु राई रहेका थिए भन्ने कार्यक्रमको संचालन एवम सहजीकरण अभिषेक खतिवडाले गरिरहेका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article