खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

तेस्रो वार्ड स्तरीय नक आउट फुटबल प्रतियोगिता फाल्गुन १९ बाट शुरु

हल्दिवारी , तेस्रो हल्दिवारी गाउँपालिका वार्ड स्तरीय नक आउट फुटबल प्रतियोगिता यहि फाल्गुन १९ देखि २४ सम्म संचालन गर्न लागिएको युवा तथा खेलकुद परिषद अध्यक्ष महेसलाल मेचेले बताएका छ्न ।

Advertisement

Advertisement

हल्दिवारीका ५ वटा वडाबाट १० ओटा टिमले भाग लिने उक्त प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने बताईएको छ। प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले ३० नगद , ट्रफि ,मेडल ,प्रमाणपत्र पाउने छ्न ।

उक्त प्रतियोगिता फिफाको नियम अनुसार मान्यता प्राप्त रेफ्रीहरुबाट खेलाइने छ। पाथीभरा कालिका सामुदायिक बनको खेल मैदान हुने फुटबल खेलबाट स्थानीय खेलाडी उत्पादनमा सहयोग पुग्ने बिश्वास राखिएको छ।

 

१९ गते उद्द्घाटन खेल जनप्रतिनिधि र कर्मचारी बिच हुने तय गरिएको छ भने पहिलो खेल वडा नम्बर ५ को A टिम र वडा नम्बर ३ को B टिम बिछ हुने कार्यतालिका समेत रहेको अध्यक्ष मेचेले बताएका छ्न । सास्कृतिक कार्यक्रम सहित उद्द्घाटन प्रदेश सभासद माननीय पूर्णसिंह राजवन्सिले गर्नुहुने बताईएको छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article