खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापा गोल्डकपको छैटौं संस्करण फागुन १९ बाट सुरु हुदैं, बिजेतालाई १३ लाख नगदसहित मेडल, ट्रफी

हल्दिवारी, ९ माघ । झापा गोल्डकपको छैटौँ संस्करण यही फाल्गुन १९ देखि २८ गतेसम्म हुने झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

Advertisement

डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिएका छन् ।

Advertisement

आयोजक झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतका अनुसार यस वर्ष विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ सहित मेडल ट्रफी पाउनेछन् ।

त्यसैगरी प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ साथै भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने समेत पत्रकार सम्बेलनमा महासचिव गजेन्द्र पौडेलले जानकारी दिएका छ्न ।

झापा गोल्डकप प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने जानकारी दिइएको छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख खर्च हुने समेत जनाइएको छ ।

झापा गोल्डकपले रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवार र झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५/२५ हजार सहित छैटौँ संस्करणको उद्घाटन समारोहमा संमान गरिने समेत बताइएको छ।

नेपालमा काठमाडौँ बाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा चिनाउन झापा गोल्डकप हुँदै आएको छ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ लगायतको उपस्थित रहेको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article