खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

फुटबलका सबै गतिविधि रोक्ने एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ( एन्फा) ले उपमेयर राष्ट्रिय महिला लिगको खेल तालिका सार्वजनिक गरेको भोली पल्ट शुक्रबार फुटबलका सबै गतिविधि रोक्ने सुचना जारी गरेको छ ।

Advertisement

कोरोना भाइरस संक्रमण असर विश्व व्यापी रुपमा फैलदै गएपछि नेपालमा पनि सावधानीका लागि विभिन्न कार्यक्रम स्थगित हुन थालेका छन् । एन्फाले शुक्रबार विज्ञप्ती जारी गर्दै चैत ३ गते धरानमा सुरु हुने भनिएको महिला लिग, राष्ट्रिय टोलीको तयारी र सबै कार्यक्रम रोक्ने निर्णय गरेको छ ।

Advertisement

विभिन्न जिल्ला संघले आयोजना गर्ने गोल्डकप लगायतका प्रतियोगिता पनि अनिश्चित कालका लागि स्थगित भएका छन् ।अर्को महिना स्वदेशमा हुने विश्व कप छनोटअन्तर्गत चाइनिज ताइपे र अष्ट्रेलियासँगको खेलका लागि सुरु भएको राष्ट्रिय फुटबल टोली तयारी पनि स्थगित भएको छ ।

चाइनिज ताइपेविरुद्ध चैत १३ गते र अष्ट्रेलियाविरुद्ध चैत १८ गते दशरथ रंगशालामा खेल हुने तय थियो । यसबीचमा अष्ट्रेलिया कोरोनाको कारण देखाउँदै छनोट खेल स्थगित गर्नका लागि एसियाली फुटबल महासंघ (एएफसी) लाई पत्रचार समेत गेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले बिहीबार मात्रै सुचना जारी गर्दै सुरु भइसकेका प्रतियोगियताबाहेक सबै प्रतियोगिता र गतिविधि रोक्न भनेको थियो । एन्फाले हरेक साता शनिबार सञ्चालन गर्दै आएको फुटबल प्रशिक्षण कार्यक्रममा पनि अनिश्चित कालका लागि स्थगित गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article