खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दीवारीमा ३ दिवसीय वडा स्तरीय T-10 क्रिकेट प्रतियोगिता सम्पन्न

जलथल क्रिकेट क्लबको आयोजनामा तीन दिवसीय वडा स्तरीय T-10 क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement

हल्दीवारी गाउँपालिका भित्रका ८ टिमले भाग लिएको प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार र उपबिजेतालाई नगद ३ हजार पुरस्कार प्रदान गरिएको थियोे ।

Advertisement

आज सम्पन्न फाइनल खेलमा आयोजक वडा नम्बर ३ ( क )९ विकेटले विजयी भएको थियो । वडा नम्बर १ ( ख )ले दिएको ६० रनको तार्गेट ५ ओभरमै पूरा गर्दै जित हासिल गरेको थियोे ।

खेलमा म्यान अफ द सिरिज वडा नम्बर ३ का खेलाडी कृष्ण कार्की भएका थिए भने वेस्ट बलर वडा नम्बर १ का खेलाडी युनेश ढुंगेल र वेस्ट ब्याट्सम्यान वडा नम्बर ३ कै खेलाडी दीपक लिङ्देन भएका थिए ।

रातमाटे सामुदायिक वनको खेल मैदानमा सम्पन्न फाइनल खेलका विजयी टिम तथा खेलाडीहरुलाई वन समितिका अध्यक्ष जनक तामाङ , सचीव दुर्गा बराल ,सदस्य खड्क बिष्ट लगायतले नगदसहित मेडन र ट्रफी प्रदान गर्नु भएको थियो । ✒ पवन गिरी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article