खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ब्याडमिन्टनको विश्व वरियतामा सातौँ स्थानमा नेपालका प्रिन्स दाहाल

 काठमाडौँ – नेपाली किशोर खेलाडी प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको विश्व वरियतामा सातौँ स्थानमा पुगेका छन्।विश्व ब्याडमिन्टन महासंघले जारी गरेको विश्वका १९ वर्ष मुनीका खेलाडीको पछिल्लो वरियतामा प्रिन्स शीर्ष सातमा अँटाएका हुन्। 

Advertisement

 प्रिन्सले हालसालै जर्मनी र नेदरल्यान्ड्समा १९ वर्ष मुनीका खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। दुवै प्रतियोगितामा उनी प्रिक्वाटरफाइनलसम्म पुगेका थिए।

Advertisement

‘ ब्याडमिन्टनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएमात्र पनि प्वाइन्ट प्राप्त हुने गर्छ। त्यसैले जति धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो, वरियतामा अगाडि बढ्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ। अर्थात उपाधि नै जितिरहनु पर्दैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article