खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी-३ मा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

झापा।युवाहरुको अग्रसर मा हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

Advertisement

हल्दिबारी भित्रका ६ वटा टिम सहभागी भएको खेल प्रतियोगितामा खेलाडीहरु छनौट गर्नेका लागि कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न बनेको उपसमितिका संयोजक राजकुमार मण्डलको अध्यक्षतामा संचालन गरेको कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष बिष्णु ओली,वडाका जनप्रतिनिधि,शिक्षक ,समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

Advertisement

प्रतियोगिताको विजेता आयोजक हल्दिबारी ३ ले रु ९००० प्राप्त गरेको थियो भने दोस्रो गोलधाप भलिबल कल्बले रु ५००० पुरस्कार प्राप्त गरेको आयोजकले जानकारी दिएका छन। प्रतियोगिताका रेफ्री किशोर ओलीले गरेका थिए भन्ने संचालन एवम सहजीकरण अभिषेक खतिवडाले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article