खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

देउनिया क्रिकेट प्रतियोगिता: प्रतिस्पर्धात्मक खेलमा भद्रपुर १ विकेटले विजय

जनक राजवंशी/हल्दिबारी, १७ असोज । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता हल्दिबारी गाउँपालिका वडा नंं.२ मा रहेको भेलागडी सहिद स्मृति लोकतान्त्रिक पार्क संगै रहेको खेल मैदानमा चलि रहेको छ ।

Advertisement

आज भएको तेस्रो दिनको पहिलो खेल भद्रपुर र बाह्रदशी क्रिकेट टिम बिच भएको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको बाह्रदशी क्रिकेट टिमले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउदै ८६ रनको योगफल खडा गरेको थियो । बलिङ्गमा भद्रपुरका सुजन रोयले २ विकेट लिएका छन् । लक्ष्य पछ्याएको भद्रपुरले १२.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । भद्रपुरका शुभम् क्षेत्रीले ४१ रन बनाउन सफल भए साथै उनि खेलका म्यान अफ दि म्याच घोसित भए ।

Advertisement

त्यसैगरी आजै भएको दोस्रो खेल बदभद्र र किरात क्रिकेट टिम बिच भएको थियो । टस जितेर ब्याटिङ्ग रोजेको किरातले निर्धारित ओभरमा समिर काकीको ९४ रनको मदतमा २६७ रनको बिशाल योगफल बनाएको थियो । जवाफि ब्याटिङ्गमा उत्त्रीएको बलभद्रले ७० रन मात्र बनाउन सफल भयो । उत्कृष्ट बलिङ्ग गर्दै आशिक मगरले ६ विेट लिन सफल भए साथै ब्याटिङ्गमा पनि २२ रन बनाउदै उनि खेलका म्यान अफ दि म्याच भएका छन् ।

उक्त खुल्ला सुपर १५ क्रिकेट प्रतियोगितामा विजेता हुने टिमले नगद रु.५०,०००।– धनराशी साथै मेडल ट्रफी पाउने छन् भने उप विजेता टिमले रु.३०,०००।–, मेडल र ट्रफी पाउने छन् ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article