खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

रोलिङ च्यालेन्ज कपको उपाधि आयोजकलाई

मेचीनगर, कात्तिक १० । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ ।

Advertisement

आज धुलाबारी नुमना माविको खेल मैदानमा भएको फाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो ।
टाइब्रेकरमा रोलिङले माने भञ्ज्याङलाई ३–१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेको हो ।

Advertisement

यसअघि खेलको ४२ औँ मिनेटमा रोलिङका लागि रोहण कार्कीले एक गोल गरे । त्यस्तै, माने भञ्ज्याङका लागि ६६ औँ मिनेटमा कप्तान सोनाम जङपोले एक गोल गर्दै खेल बराबरीमा ल्याए ।

फाइनल खेलको प्लेयर अफ द म्याच रोलिङका गोल किप्पर युवराज पुरी भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।
उपाधिसँगै रोलिङले नगद ३ लाख, ट्रफी र मेडल पायो भने उपविजेतामा सीमित माने भञ्ज्याङले नगद एक लाख ५० हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर रोलिङका अभिषेक बराल, उत्कष्ट डिफेन्डर रोलिङका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर माने भञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङका निरज कार्की, उच्च गोलकर्ता रोलिङका उत्सव राई र प्रशिक्षक रोलिङका सचिन्द्र धिमाल भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रोलिङका रोहण कार्की भए । उनीहरुले नगद १५ हजार र ट्रफी पाए ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रदेशसभा सदस्य गोपाल तामाङ, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
क्लबका उपाध्यक्ष इन्द्र आङदेम्बेले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका सचिव महेश खड्का र सचितानन्द सुब्बाले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article