खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

ढडुवा युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

हल्दिबारी, पौष २७ । ढडुवा युवा क्लब परिवारको आयोजना तथा हल्दिबारी वडा नं-३ कार्यालयको प्रायोजनमा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement

हल्दिबारी वडा नं-३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको अध्यक्षता क्लबका अध्यक्ष कुल बहादुर न्यौपाने र प्रमुख अतिथि वडा अध्यक्ष बिष्णु प्रसाद ओली रहेका थिए । प्रतियोगितामा वडा सदस्य अजित बिष्ट, कर्ण भण्डारी , बिष्णुमाया तिम्सिना ढुङ्गेल ,सामाजिक अगुवा ओम मिश्र , रातमाटे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनक लामा, रणकाली सामुदायिक वनका अध्यक्ष धनबहादुर सावा, सञ्चारकर्मी नेत्र विक्रम बिमली,र पञ्चायत माध्यमिक विद्यालयका शिक्षक डिल्लीराम ढुङ्गेल लगायतको अतिथिको रुपमा उपस्थिति रहेका थिए।

Advertisement

वडा भित्रबाट ९ वटा पुरुष भलिबल टिमले प्रतियोगितामा सहभागी गरेका थिए । प्रतियोगिताको प्रथम स्थान बिष्ट भलिबल टिम हुन सफल भएको थियो भन्ने प्रतिस्पर्धात्मक खेलमा द्वितीय स्थान मेचे भलिबल टिम रहेको थियो।

आयोजकले प्रतियोगितामा प्रथम हुने लाई रु ६००० र दोस्रो हुने लाई रु ३००० प्रदान गरिएको थियो। प्रतियोगिता भरिका उत्कृष्ट खेलाडीको रुपमा बिष्ट भलिबल टिमका युवा खेलाडी बिशन बिष्ट भएका थिए।

भलिबलको बिकास र खेलाडी छनौटका निम्ति भनेर आयोजना गरेको भलिबल प्रतियोगिताको कार्यक्रमको संचालन एवम सहजीकरण क्लबका सचिब अभिषेक खतिवडाले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article