खेलकुद
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नव ज्योति च्यालेन्ज कपको उपाधि प्लानिङ ब्वाइजलाई

बिर्तामोड, माघ २८ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि बि डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौँले जितेको छ ।

Advertisement

झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० गोल अन्तरले हरायो ।

Advertisement

उपाधिसँगै प्लानिङ ब्वाइजले नगद दुई लाख २५ हजार, ट्रफी र मेडल पायो भने उपविजेतामा सीमित न्यु स्टार एफसीले नगद एक लाख २५ हजार, ट्रफी र मेडल प्राप्त गर्यो ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता टोली प्लानिङ ब्वाइजका युवराज पुरी, सर्वाधिक गोलकर्ता न्यु स्टारका मिलन लिम्बू, उदीयमान खेलाडी आयोजक नव ज्योति युथ क्लबका अनिल गिरी भए । उनीहरुले नगद १० हजार र ट्रफी पाए ।
त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका प्रताप राई भए । उनले नगद १५ हजार रुपैयाँ ट्रफी पाए । उनी यसअघि दुई खेलमा प्लेयर अफ द म्याच भएका थिए ।

प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर राजेश शाहले खेलको चौथो र आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ६६ औँ मिनेटमा अरमान बेडोङले अर्को एक थोल थपे ।

प्लानिङ ब्वाइज भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, आयोजक नव ज्योति युथ क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, क्लबका अध्यक्ष गोपाल पोखरेल, उपाध्यक्ष भरत खतिवडा, ज्योति श्रेष्ठ, सचिव मुकेश भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article