खेलकुद
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रका मातापिता स्मृति प्रतिष्ठानको आयोजनामा फुटबल प्रतियोगिता हुने

हल्दिबारीका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रका मातापिता स्मृति प्रतिष्ठानको आयोजनामा फुटबल प्रतियोगिता हुने

Advertisement

हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन (महेन्द्र)का मातापिता स्व जगत बहादुर वन र नरमाया वन स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

Advertisement

हल्दिबारी माध्यमिक विद्यालयको व्यवस्थापनमा फाल्गुन ९ र १० गते आयोजना हुने प्रतियोगिता हल्दिबारीको खेल मैदान हुने भएको छ ।

हल्दिबारी गाउँपालिकाका ५ वटा टिम सोही प्रतियोगिता मा सहभागी हुने छन।
५ वटै वडाका खेलाडीहरूको सहभागिता रहने खेलका बिजेता ले नगद १५ हजार
उपबिजेताले नगद १० हजार सहित मेडल ट्रफि साथै मेन अफ द म्याच तथा मेन अफ द सिरिज लाई पुरस्कृत गर्ने प्रतिष्ठानका संरक्षक एवंम हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिइनु भएको छ ।

दर्शकले कुनै प्रवेश शुल्क नतिरी हेर्ने सक्ने फुटबल प्रतियोगिता फिफा नियममा आधारित रह्ने र ९/९ साइटमा खेल हुने व्यवस्थापकिय पक्षले बताएका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article