खेलकुद
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा जगत बहादुर-नरमाया वन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

अभिषेक खतिवडा/हल्दिबारी, फाल्गुन ९। हल्दिबारी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) का माता पिता जगत बहादुर नरमाया वन स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ ।

Advertisement

हल्दिबारी नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले दिप प्रज्जवलन गरेर उद्घाटन गर्नु भएको थियो।

Advertisement

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री गोपाल कुमार अधिकारी , गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली , नेपाल प्रहरीका एसपी मिलन केसी ,सशस्त्र प्रहरीका एसपी तुलबहादुर भण्डारी , ,वडाका जनप्रतिनिधि ,गाउँपालिकाका कर्मचारी ,विद्यालयका प्रधानाध्यापक तथा शिक्षक ,स्व.जगत नरमाया वनका पारिवारिक सदस्यहरु, राजनीतिकर्मी , सञ्चारकर्मी, र खेलप्रेमी दर्शकको उपस्थिति रहेको थियो।

आज भएको दुई खेलमा उद्घाटन खेल वडा नं-३ र वडा नं-५ को रहेको थियो । उक्त खेलमा ९ मिनेटमा वडा नं-३ का किपरको कमजोरीका कारण वडा नं-५ का जर्सी नं ५ का क्याप्टेन जलन खवासले टिमका लागि पहिलो गोल गरेका थियो। १० औ मिनेटमा वडा नं-३ का जर्सी नं-१ का खेलाडी गोलकिपर योगेन्द्र गिरीले प्रतियोगिताको पहिलो पहेँलो कार्ड पाएका थिए।१८ औ मिनेटमा वडा नं ५ का जर्सी नं-३ का खेलाडी सुजन आङ्वोले पुन पहेँलो कार्ड पाएका थिए। दोस्रो हाफमा वडा नं-३ का जर्सी नं १५ का हेमन्त पराजुलीले टिमको तर्फबाट पहिलो गोला गरेका थिए। उक्त खेल वडा नं-५ ले ३ गोलका विरुद्ध १ गोलमा सकिएको थियो भन्ने मेन अफ द म्याच वडा नं-५ का क्याप्टेन जलन खबास घोषित भएका थिए। वडा नं- ५ का लागि पहिलो गोल ९ मिनेटमा खवासले गरेका थिए भन्ने दोस्रो हाफमा पुन जलन खबास र राम लिम्बुले गरेको गोल निर्णायक बन्न सफल भएको थियो।

प्रतियोगिताको आज भएको दोस्रो खेलमा वडा नं-२ र वडा नं-४ को प्रतिस्पर्धात्मक खेल भएको थियो। जस्मा वडा नं-२ का जर्सी नं ९ का खेलाडी हिरन राजवंशीले ९ औ मिनेटमा गोल गरेका थिए।वडा नं-२ का किपर समिर लिम्बुको एक पेनाल्टी सहित पटक पटकको उत्कृष्ट बचाउले टिमलाई जित नजिक पुर्याएको थियो। उक्त १ गोल नै वडा नं-२ को जितका लागि निर्णायक बनेको थियो।

भोलि हुने पहिलो सेमिफाइनल खेल वडा नं-१ र वडा नं-५ बिच हुने छ र यस खेलमा बिजेता हुने टिमले वडा नं-२ सग फाइनलमा आमनेसामने हुन भएको छ ।साथै भोलि जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण खेल समेत हुने आयोजकले बताएका छन।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लिङ्देन ,प्रमुख जिल्ला अधिकारी श्री गोपाल कुमार अधिकारी ,प्रतिष्ठानका संरक्षक मान बहादुर बन (महेन्द्र), कार्यक्रमका अध्यक्ष एवम अधिवक्ता डम्बर वनले मन्तव्य राख्नु भएको कार्यक्रममा स्वागत मन्तव्य हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्राखरिनले गर्नु भएको कार्यक्रमको सञ्चालन एवम् सहजीकरण तुलसी कोइरालाले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article