खेलकुद
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जगत बहादुर नरमाया वन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता वडा नं-२ ले जित्यो, मैत्रीपुर्ण खेलमा कर्मचारी २-० ले स्तब्ध

अभिषेक खतिवडा/ हल्दिबारी, फाल्गुन १० ।हल्दिबारी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) का माता पिता जगत बहादुर नरमाया वन स्मृति प्रतिष्ठानको आयोजनामा फाल्गुन ०९ गते देखि सुरु भएको प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आज समापन भएको छ ।

Advertisement

हल्दिबारी नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा भएको खेलकुद प्रतियोगिताको फाइनलमा वडा नं-५ र वडा नं-२ आमनेसामने भएका थिए।

Advertisement

समापन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सासंद छबिलाल चुडाल रह्नु भएको थियो। हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, प्रतिष्ठानका संस्थापक पदाधिकारी(स्व.जगत नरमाया वनका पारिवारिक सदस्यहरु),जनप्रतिनिधि ,विद्यालयका प्रधानाध्यापक तथा शिक्षक ,गाउँपालिका कर्मचारी , राजनीतिकर्मी , सञ्चारकर्मी, र खेलप्रेमी दर्शकको उपस्थिति रहेको थियो।

आज भएको सेमिफाइनल खेलमा वडा नं-१ लाई वडा नं-५ ले १ गोल गर्दै बिजय भएको जस्मा जर्सी नम्बर ११ का मन कुमार नेम्वाङले खेल सुरु भएको १ मिनेट समयमै गोल गरेका थिए। उक्त खेलको मेन अफ द म्याच वडा नं-५ का डिफेन्स जर्सी नं-३ का खेलाडी हिमाल गुरुङ बन्न सफल भएका थिए।

त्यस पछीको मैत्रीपुर्ण खेल गाउँपालिका जनप्रतिनिधि का विरुद्ध गाउँपालिका कर्मचारी मैदानमा उत्रिएका थिए। जनप्रतिनिधिका तर्फबाट जर्सी नं११ का अजित बिष्टले आफ्नो टिमको लागि २ गोल गर्दै खेल जित्न सफल भएको थियो।

फाइनल खेल वडा नं-१ लाई जित्दै वडा नं-५ ले वडा नं-२ सँग खेलेको थियो। सोही खेलमा वडा नं-२ का जर्सी नं ११ का राजेश राजवंशी र जर्सी नं ७ का बिकास लिम्बूले निर्णायक गोल गर्दै फाइनल खेल जित्न सफल भएका थिए। उत्कृष्ट प्रदर्शन गरेको वडा नं-२ ले वडा नं ५ लाई खेल अवधी भर दबाबमा राखेको थियो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नं-५ का आयुष लिम्बु , उत्कृष्ट गोलकिपर वडा नं-२ का समिर लिम्बु , उत्कृष्ट डिफेन्स वडा नं २ का अभिषेक मगर ,उत्कृष्ट फर्वाड वडा नं-३ का हिरण राजवंशी,उत्कृष्ट मिड फिल्डर वडा नं-२ का राजेश राजवंशी र प्रतियोगिताको सर्वाधिक गोलकर्ता जलन खवास भएका थिए। सगै उत्कृष्ट प्रशिक्षकको रुपमा वडा नं २ का नबिन पाण्डे घोषित भएका हुन। उत्कृष्ट विभिन्न बिधाका खेलाडीलाई आयोजकले पुरस्कृत गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article