खेलकुद
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा एफसी र झापा गोल्ड कप बीच फुटबल विकासका लागि सम्झौता

झापा , २० मङ्सिर  । झापा गोल्ड कप र नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीबीच फुटबल विकासका लागि एक कार्यक्रमका बिच  सम्झौता भएको छ ।

Advertisement

Advertisement

मंगलबार झापा गोल्ड कपका अध्यक्ष केदार गिरी र झापा एफसीका अध्यक्ष अर्पण खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियोे ।

सम्झौता अनुसार फुटबलका कार्यक्रम र प्रतियोगिता, पूर्वाधार विकास, ग्रस रुट, उमेर समूह महिला फुटबल विकास, प्रविधिक र प्रसासनिक कार्य, संस्थागत प्रबद्धनलगायका विषयमा दुवै टोलीको सहकार्य रहने झापा एफसीका अध्यक्ष अर्पण खड्काले जानकारी दिनुभएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ र झापा गोल्डकपका निर्वतमान अध्यक्ष विनोद बस्नेत लगायत संचारकर्मीहरुको रोहवरमा  सम्झौता भएको  थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article