खेलकुद
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपाल लोकतान्त्रिक खेलकुद संघ झापाको प्रथम जिल्ला अधिबेशन सम्पन्न

अभिषेक खतिवडा/बैशाख ७। नेपाल लोकतान्त्रिक खेलकुद संघ झापाको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । आइतबार  झापाको धुलाबारी मा भएको अधिवेशनबाट मनोज सुब्बाको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन गरिएको छ ।

Advertisement

सुब्ब पुनः जिल्ला अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।कार्यक्रममा नेपाल कांग्रेस जिल्ला सभापति देउमान थेबे प्रमुख अतिथि रह्नु भएको थियो भन्ने बिशिष्ट अतिथिको रुपमा संघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि  रञ्जन थापा ,संघका केन्द्रीय सदस्य तथा झापा खेलकुद अध्यक्ष भेषराज भण्डारी (प्रशान्त),केन्द्रीय सदस्य खड्क बहादुर घिमाल लगायत जिल्लाभरिका खेलकर्मी, खेल संघका प्रतिनिधिहरू तथा अतिथिहरूको उपस्थिति रहेको थियो ।सबै पदाधिकारीहरू एकमतले चयन गरिएको संघले जनाएको छ ।

Advertisement

नयाँ कार्यसमितिको उपाध्यक्षमा रबिन बस्नेत, , सचिवमा रोशन दाहाल लाई चयन गरिएको हो ।त्यस्तै, सदस्यहरूमा तारा कुमार श्रेष्ठ , आकाश तामाङ, शम्शेर मोक्तान, क्षितिज खवास , कविन राई , अजय राई,मिरन राई र मेघराज राई चयन भएका छन् ।

झापाको खेलकुद विकासमा नेपाल लोकतान्त्रिक खेलकुद संघले अग्रणी भूमिका खेल्नेछ,’ अध्यक्ष सुब्बाले भने, ‘हामीले बिभिन्न कोणबाट विगतमा पनि थुप्रै खेलकुद गतिविधिहरू सञ्चालन गरेका थियौं । अब यो नयाँ कार्यसमितिको गठनसँगै अझ योजनाबद्ध र प्रभावकारी ढंगले जिल्लास्तरीय खेल प्रतियोगिता, खेलाडी प्रशिक्षण र आधारभूत पूर्वाधार निर्माणमा जोड दिनेछौं ।’

अधिवेशनले झापा जिल्लामा खेलकुदको समुचित विकास, युवा सहभागिता र सुदृढ संगठनात्मक संरचना निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने नवनिर्वाचित सचिव रोशन दाहालले जानकारी दिनु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य धुलाबारी नेपाली कांग्रेसका सभापति  सुदय पनेरूले राख्नु भएको थियो।

अध्यक्ष मनोज सुब्बाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष  रबिन बस्नेतले राख्नु भएको थियो भन्ने सञ्चालन एवम् सहजीकरण सचिव युवराज खड्काले गर्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article