राजनीति
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बेरोजगारीका कारण छोराछोरी बेच्नुपर्ने अवस्था: अध्यक्ष लिङ्देन

भद्रपुर ,झापा । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशमा बढ्दो बेरोजगारीका कारण परिवार चलाउन छोराछोरी बेच्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

Advertisement

बुधबार झापाको भद्रपुरमा आयोजित पार्टीको क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन घोषणा सभालाई सम्बोधन गर्दै उनले नेपाल ‘बेरोजगार उत्पादन गर्ने कारखाना’ र ‘भ्रष्टाचारीको कमाई खाने मैदान’ बनेको आरोप लगाए।

Advertisement

सरकारले सय जनालाई पनि रोजगारी दिने उद्योग स्थापना गर्न नसकेको उल्लेख गर्दै उनले भने, “देशभित्र तपाईँको, छोराछोरी र युवाले गरी खाने वातावरण बन्न सकेको छैन।”

उनले कांग्रेस र एमालेलाई देशको बरबादीमा समान रूपमा जिम्मेवार ठहराउँदै मन्त्रीहरू छिटो र धेरै कमाउने प्रतिस्पर्धामा लागेका कारण सामान्य किसान मल–बिउँ अभावमा परेको बताए।

लिङ्देनले काँग्रेस र कम्युनिस्ट पार्टीको विकल्पका रूपमा अब राप्रपा अघि आउनुपर्ने बेला आएको बताए। उनले भने, “ती पार्टीहरूमा सबै खराब छैनन्, तर जो सच्चा देश बनाउन चाहन्छन् उनीहरूलाई हामीसँग हातेमालो गर्न आह्वान गर्छौं।”

कार्यक्रममा सह–महामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरू खुश्वु ओली, इनु अधिकारी र अञ्जार आलमले शुभकामना मन्तव्य राखे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article