राजनीति
हल्दिबारी संवाददाता ११ महिना अगाडि

रास्वपामा अर्ली महाधिवेशन वा विस्तारित बैठकको बहस

राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपा – भित्र अहिले सांगठनिक, राजनीतिक र वैचारिक पुनर्गठनको आवाज उठिरहेको छ।

Advertisement

काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा नेताहरूले अर्ली महाधिवेशन वा विस्तारित बैठक बोलाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। बैठकमा सन्तोष परियार, पुकार बम र गणेश कार्की लगायतका नेताहरूले पार्टीको रूपान्तरण अनिवार्य भएको भन्दै तत्काल कदम चाल्नुपर्ने धारणा राखेका हुन्।

Advertisement

नेता परियारले मङ्सिरमै महाधिवेशन वा वैकल्पिक रूपमा विस्तारित बैठक आयोजना गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, विस्तारित बैठकमार्फत पार्टीको सचिवालयदेखि केन्द्रीय समिति र अन्य जिम्मेवारीसमेत पुनःवितरण गर्न सकिन्छ।

साथै, छरिएर रहेका वैकल्पिक शक्तिहरूलाई रास्वपाले एकीकृत गर्नुपर्ने प्रस्तावसमेत राखिएको छ। नेताहरूको भनाइमा, हालको नागरिक सरकार, भदौ २३ र २४ का आन्दोलन र ‘जेनजी आन्दोलन’ले देशलाई नयाँ राजनीतिक दिशातर्फ धकेलेको छ, त्यसैले पार्टीले पनि नयाँ रणनीति बनाउन आवश्यक छ।

बैठकमा बाँकी सदस्यहरूले पनि आफ्ना धारणा राखेपछि आजै बैठक सकिने बताइएको छ।

रास्वपाको पहिलो महाधिवेशन फागुन ७, ८ र ९ मा गर्ने तयारी भए पनि अब अर्ली महाधिवेशन वा विस्तारित बैठकको विकल्पलाई गम्भीर रूपमा छलफल गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article