राजनीति
हल्दिबारी संवाददाता ११ महिना अगाडि

डा. तोसिमा कार्कीको चुनौती : “हिम्मत भए विशेष महाधिवेशन गरौँ”

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले पार्टीको संस्थापन पक्षलाई खुला विशेष महाधिवेशन गर्न चुनौती दिएकी छन्।

Advertisement

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेकी छन्,“हिम्मत भए संस्थापनले खुला विशेष अधिवेशन गरोस्। पार्टी सभापतिको आशीर्वाद र लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मतले दिएको जिम्मेवारी सम्हाल्ने आँट तोसिमासँग छ।”

Advertisement

डा. कार्कीले आफू कसैको प्रोपागान्डा वा हेपाहा बोलीसँग डर नमान्ने बताएकी छन्। साथै, जति नै बुली र मिडिया ट्रायल भए पनि आफ्नो राजनीतिक मैदान, ललितपुरका मतदाता र पार्टी पंक्ति छाडेर नभाग्ने उनले स्पष्ट पारेकी छन्।

उनले फेसबुकमा थपेकी छन्,

“देश बनाउन हिँडेको योद्धा हुँ। लड्छु।”

यो अभिव्यक्ति पछि पार्टी भित्रको आन्तरिक विवाद र आगामी महाधिवेशनको तयारी अझै तातो बन्न सक्ने देखिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article