खेलकुद
हल्दिबारी संवाददाता ९ महिना अगाडि

भारतले अष्ट्रेलियालाई पराजित गर्दै महिला वनडे विश्वकपको फाइनलमा प्रवेश

मुम्बई, ३० अक्टोबरः आयोजक भारतले गत विजेता अष्ट्रेलियालाई ५ विकेटले पराजित गरी आईसीसी महिला वनडे विश्वकपको फाइनलमा प्रवेश गरेको छ। नवी मुम्बईको डा. डीवाई पाटिल स्पोर्ट्स एकेडमीमा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ३३८ रन बनाएर अलआउट भयो।

Advertisement

अष्ट्रेलियाका लागि ओपनर फिबी लिचफिल्डले शानदार ११९ रन बनाइन्। एलिस पेरीले ७७ रन र एश्ले गार्डनरले ६३ रनको योगदान दिए। भारतीय बलरहरूमा श्री चरणी र दीप्ति शर्माले समान २–२ विकेट लिए।

Advertisement

जवाफमा भारतले जेमिमा रोड्रिग्सको अविजित १२७ रनको उत्कृष्ट प्रदर्शनको बलमा ४८.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। उनले १३४ बलमा १४ चौका प्रहार गरेकी थिइन्। कप्तान हरमनप्रीत कौरले पनि ८८ बलमा ८९ रनको शानदार साथ दिइन्।

भारतले अब आइतवार हुने फाइनलमा दक्षिण अफ्रिकासँग उपाधि भिडन्त खेल्नेछ। म्याच जिताउने उत्कृष्ट प्रदर्शनका लागि जेमिमा रोड्रिग्स ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article