खेलकुद
हल्दिबारी संवाददाता ९ महिना अगाडि

हरि खड्काले सम्हाले राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी

काठमाडौं, नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी पूर्व खेलाडी हरि खड्काले सम्हाल्ने भएका छन्।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी नोभेम्बरमा हुने एएफसी एसियन कप छनोटका लागि हरि खड्कालाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो। बिहीबार राष्ट्रिय टिमको जिम्मेवारी सम्हालिरहेका म्याट रसले राजीनामा दिएपछि रिक्त भएको पदमा हरि खड्का चयन भएका हुन्।

Advertisement

हरि खड्का हाल एन्फामा ‘टेक्निकल डाइरेक्टर’ (प्राविधिक निर्देशक) को रूपमा कार्यरत छन्। एन्फाले राष्ट्रिय टिमको आगामी तयारीमा खड्काको अनुभव र नेतृत्व महत्वपूर्ण हुने अपेक्षा गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article