हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ११ महिना अगाडि

दीपेन्द्रसिंह ऐरीको अर्धसतकमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य

झापा।आईसीसी पुरुष विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा २ सय ७१ रन बनायो।

Advertisement

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६७ बलमा ७५ रन बनाउँदै सर्वाधिक योगदान दिए। आठौँ नम्बरमा आएका हिटर करण केसीले ३१ बलमा ४९ रन बनाए। ओपनर कुशल भुर्तेलले ४७ रन र भिम सार्कीले ४३ रन जोडेका थिए। कप्तान रोहितले ३६ रन जोडे।

Advertisement

नेपालको इनिङ्समा रोहित–दीपेन्द्र र कुशल–भिमको दुई ठूला साझेदारी बनेका थिए। अमेरिकाका हरमीत सिंहले तीन विकेट लिए।

हाल लिग–२ मा नेपाल दुई खेलमा दुबैमा पराजित भइसकेको छ र १२ अंकसहित आठ टोलीमध्ये सातौँ स्थानमा छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)