खेलकुद
हल्दिबारी संवाददाता ९ महिना अगाडि

नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

झापा।दुबईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ।

Advertisement

टस जितेर फिल्डिङ रोजेको घरेलु टोली युएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन जोड्न सफल भयो।

Advertisement

नेपालको पारीको सुरुवात राम्रो हुन सकेन। ओपनर सुरुवातमै आउट भएपछि टोली दबाबमा परेको थियो। त्यसपछि आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गर्दै पारी सम्हाले।आसिफ ३४ रनमा रनआउट भए भने भीम सार्की ४८ रन बनाएर आउट भए।

कप्तान रोहितकुमार पौडेल २ रनमा आउट भए भने आरिफ शेखले ३० रन योगदान गरे।दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडेपछि रनआउट हुन पुगे।

अन्तिम तिर कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै ५१ बलमा ४५ रन जोडे। उनले १ चौका र ३ छक्का प्रहार गरे।त्यस्तै सन्दीप लामिछानेले १० बलमा नटआउट १५ रनको योगदान गरे।बलिङतर्फ युएईका जुनइद सिद्धिकी, मुहम्मद जवाहदुल्लाह र ध्रुव परासरले समान दुई–दुई विकेट लिए।

जारी सिरिजमा नेपाल अहिलेसम्म जितविहीन छ। यसअघि अमेरिकाविरुद्धका दुवै खेल र युएईसँगको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो।नेपाल अहिले १२ अंकसहित लिगको सातौं स्थानमा छ भने युएई ८ अंकसहित पुछारमा रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article