खेलकुद
हल्दिबारी संवाददाता १ महिना अगाडि

हल्दिबारीकी रिदिमालाई अन्तर्राष्ट्रिय जिउ–जित्सुमा स्वर्ण

झापा– झापाको हल्दीबारी गाउँपालिकाकी रिदिमा लिम्बूले एजेपी (अबुधाबी जिउ–जित्सु प्रो) अन्तर्राष्ट्रिय जिउ–जित्सु प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्।

Advertisement

​विश्वकै प्रतिष्ठित जिउ–जित्सु संस्था ‘एजेपी’ द्वारा आयोजित उक्त प्रतियोगिताको ‘किड्स–३’ अन्तर्गत ३६ केजी तौल समूहको ‘ग्रे बेल्ट’ विधामा उनले स्वर्ण पदक जितेकी हुन्। उमेर, तौल र बेल्टका आधारमा विश्वभरका खेलाडीहरू सहभागी हुने यस प्रतियोगितामा रिदिमाले नेपाल र आफ्नो गाउँपालिकाको प्रतिनिधित्व गरेकी थिइन्।

Advertisement

​हल्दीबारी गाउँपालिका–५ निवासी रिदिमाले फाइनल यात्राका क्रममा संयुक्त अधिराज्य (यूके) र संयुक्त अरब इमिरेट्स (यूएई) का बलिया प्रतिस्पर्धीहरूलाई पराजित गरेकी थिइन्।

​विभिन्न देशका प्रतिभाशाली खेलाडीहरूलाई पछि पार्दै स्वर्ण जितेकी रिदिमाको यो सफलताले नेपाली जिउ–जित्सु खेल क्षेत्रको अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइमा पुर्‍याएको छ। उनको यो ऐतिहासिक उपलब्धिप्रति हल्दीबारी गाउँपालिका र झापावासीले खुसी व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article