शिक्षा
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दिबारीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

हल्दिबारी, झापा — झापाको हल्दिबारी गाउँपालिका–२ स्थित नव सृजना आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। नेपाल मानव धर्म सेवा समिति, मेची क्षेत्र, श्रद्धेय आश्रम धुलाबारीको शिक्षा अभियानअन्तर्गत उक्त सामग्री प्रदान गरिएको हो।

Advertisement

​आर्थिक रूपमा विपन्न तथा कमजोर समुदायका बालबालिकालाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आशिष संग्रौलाले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएको र यस्ता अभियानले विद्यार्थीको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

Advertisement

​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य माङयुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दिबारी गाउँपालिका–२ का वडा अध्यक्ष सुकलाल राजवंशी प्रमुख अतिथि हुनुहुन्थ्यो। त्यसैगरी, आश्रमका तर्फबाट माहात्मा धर्मिता बाईजी र माहात्मा माण्डवी बाईजी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वडा सदस्य विष्णुबहादुर राई, गाउँपालिकाका शिक्षा अधिकृत अर्जुन श्रेष्ठ र शिक्षा सहजकर्ता दुर्गाप्रसाद अधिकारीलगायतको पनि उपस्थिति रहेको थियो।

​विद्यालयका प्रधानाध्यापक भीम दाहालले स्वागत मन्तव्य राख्दै आश्रमप्रति आभार व्यक्त गर्नुभएको थियो। शिक्षा अधिकृत श्रेष्ठ, विशिष्ट अतिथि माहात्मा धर्मिता बाईजी र प्रमुख अतिथि राजवंशीले शुभकामना मन्तव्य राख्दै यस्ता मानवीय प्रयासले बालबालिकाको पठनपाठनमा उत्साह थप्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो।

​समिरा राईका मगरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई अध्यक्ष सूर्य माङयुङले सम्पूर्ण सहयोगी संस्था, अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै समापन गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article