शिक्षा
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दिबारी माध्यमिक विद्यालयमा नेपाल टेलिकमको निःशुल्क फाइबर इन्टरनेट

झापा, २६ साउन । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत झापाको हल्दिबारी माध्यमिक विद्यालयलाई निःशुल्क फाइबर इन्टरनेट सेवा उपलब्ध गराएको छ।

Advertisement

​विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बिच टेलिकमले फाइबर इन्टरनेट सेवाका लागि आवश्यक उपकरण तथा प्रविधि हस्तान्तरण गर्दै सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

Advertisement

​उच्च गतिको इन्टरनेट सेवा सञ्चालनसँगै विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिमा सूचना प्रविधिको प्रयोग थप सहज हुने अपेक्षा गरिएको छ। यसबाट शिक्षक तथा विद्यार्थीले अनलाइन अध्ययन, डिजिटल शैक्षिक सामग्रीको पहुँच र प्रविधिमैत्री सिकाइ गतिविधिमा प्रत्यक्ष लाभ पाउने विद्यालयले जनाएको छ।

​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका राउतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल टेलिकम बिर्तामोड कार्यालयका प्रमुख मुरली महतो प्रमुख अतिथि रहेका थिए।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले ग्रामीण तथा सामुदायिक विद्यालयहरूमा डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले टेलिकमले CSR मार्फत सहयोग जारी राखेको बताए। उनले विद्यालयमा इन्टरनेटको पहुँचले विद्यार्थीको सिकाइ प्रक्रियालाई आधुनिक प्रविधिसँग जोड्न ठुलो मद्दत पुग्ने उल्लेख गरे।

​कार्यक्रममा हल्दिबारी गाउँपालिका–२ का वडाध्यक्ष शुक्लाल राजवंशीले विद्यालयमा निःशुल्क फाइबर इन्टरनेट उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै टेलिकमप्रति आभार व्यक्त गरे। डिजिटल युगमा गुणस्तरीय इन्टरनेट शैक्षिक सुधारका लागि अपरिहार्य भइसकेको उनको भनाइ थियो।

​त्यस्तै, नेपाल टेलिकम चन्द्रगढी शाखाका प्रमुख सतिशचन्द्रलाल कर्णलगायतका वक्ताहरूले पनि शुभकामना मन्तव्य राखेका थिए।

​विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रमको सहजीकरण सहप्रधानाध्यापक तुलसी कोइरालाले गरेका थिए। कार्यक्रममा टेलिकमका कर्मचारी, शिक्षक–शिक्षिका, व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article