समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दीबारीको सरस्वती आधारभूत विद्यालयमा पूर्वविद्यार्थीद्वारा ३ लाखको अक्षयकोष स्थापना

​हल्दिबारी ,झापा । झापाको हल्दीबारी गाउँपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका पूर्वविद्यार्थीहरूले आफ्ना दिवङ्गत बुबाको स्मृति र आमाको सम्मानमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

Advertisement

​हल्दीबारी–२ पाराखोपी निवासी स्वर्गीय टेकबहादुर चम्लागाईंको स्मृति तथा आमा भोलादेवी चम्लागाईंको सम्मानमा उनीहरूका छोराछोरीले उक्त कोष स्थापना गरेका हुन्। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पूर्वविद्यार्थीहरू ज्ञानेन्द्रकुमार चम्लागाईं र फडेन्द्रकुमार चम्लागाईंले ३ लाख रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक गोविन्द बोहरालाई हस्तान्तरण गरे।

Advertisement

​आफूहरूले कक्षा १ देखि ५ सम्म सोही विद्यालयमा अध्ययन गरेको र स्वर्गीय पिताले जीवनभर विद्यालयको शैक्षिक सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै अक्षयकोष खडा गरिएको उनीहरूले बताए।

​अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष कक्षा ६ देखि ८ सम्म अध्ययनरत उत्कृष्ट ६ जना विद्यार्थी (प्रत्येक कक्षाका एक छात्र र एक छात्रा) लाई दामासाहीका दरले छात्रवृत्ति वितरण गरिने विद्यालय प्रशासनले जनाएको छ।

​यसअघि चम्लागाईं परिवारका छोरीहरू मुनादेवी चम्लागाईं (थापा), चम्पादेवी चम्लागाईं (ओली) र माया चम्लागाईं (थापा) समेतको संयुक्त सहयोगमा आफूहरूले माध्यमिक तह अध्ययन गरेको हल्दीबारी माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेका छन्।

​मातापिताको स्मृति र सम्मानमा दुवै विद्यालय गरी कुल ८ लाख रुपैयाँको अक्षयकोष खडा गरेर चम्लागाईं परिवारले शिक्षाप्रतिको आफ्नो अगाध लगाव र सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमुना प्रस्तुत गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article