हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४७ मिनेट अगाडि

इजरायलमा १ हजार ४ सय ६४ नेपाली कामदारका लागि आवेदन खुला

झापा । नेपाल र इजरायल सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारका रूपमा कार्यरत रहन वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै १,१३२ महिला र ३३२ पुरुष गरी कुल १,४६४ जना नेपाली कामदारका लागि दरखास्त खुलाएको हो।

Advertisement

​छनोट हुने उम्मेदवारहरूले मासिक न्यूनतम ५,८८१ इजरायली मुद्रा पारिश्रमिक पाउनेछन्। यो अवसरका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका, कम्तीमा १.५ मिटर उचाइ र ४५ केजी तौल भएका नेपाली नागरिक योग्य हुनेछन्। शैक्षिक योग्यताको हकमा कक्षा १० उत्तीर्ण गरी कम्तीमा १५ महिनाको एएनएम वा सिएमए अध्ययन पूरा गरेको वा प्लस टु उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको केयरगिभर तालिम प्राप्त गरेको हुनुपर्ने प्रावधान छ। यसअघि इजरायल नगएका र परिवारका निकट सदस्य इजरायलमा कार्यरत नरहेका व्यक्तिले मात्र आवेदन दिन सक्नेछन्।

Advertisement

​इच्छुक आवेदकले सूचना प्रकाशित भएको २१ दिनभित्र विभागको अनलाइन पोर्टलमार्फत आवेदन दिनुपर्नेछ। स्वीकृत आवेदकहरूको अंग्रेजी भाषाको परीक्षा सञ्चालन गरिनेछ भने अन्तिम छनोट इजरायलको ‘पिवा’ले गोलाप्रथामार्फत गर्ने विभागले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)