हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दीबारी डट कममा समाचार छापिएपछि युरोपमा रहेका युवाद्वारा नवीनको उपचारमा सघाउ

झापा । मिर्गौला पीडित १५ वर्षीय बालक नवीन मेचेको जीवन रक्षाका लागि हल्दीबारी डट कममा समाचार प्रकाशित भएपछि वैदेशिक रोजगारीका क्रममा युरोप पुगेका दुई स्थानीय युवाले आर्थिक सहयोग गरेका छन्।

Advertisement

​साइप्रसमा रहेका हल्दीबारी–३ ढडुवाका अनिल मेचेले ५ हजार ५ सय रुपैयाँ र रोमानियामा रहेका हल्दीबारी–४ का कृष्ण मेचेले ५ हजार १ रुपैयाँ गरी कुल १० हजार ५ सय १ रुपैयाँ सहयोग रकम पठाएका हुन्। उक्त रकम हल्दीबारी डट कममार्फत पीडित परिवारलाई हस्तान्तरण गरिने भएको छ।

Advertisement

​अत्यन्तै नाजुक आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि १५ वर्षीय नवीनको अमूल्य जीवन बचाउनका लागि परिवारले स्थानीय जनप्रतिनिधि, सामाजिक संघ-संस्था, व्यवसायी, सञ्चारकर्मी तथा देश-विदेशमा रहेका सम्पूर्ण मनकारी महानुभावहरूसँग आर्थिक सहयोगको अपिल गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)