हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५५ मिनेट अगाडि

बाढीको भीषण विनाशपछि रसुवामा १ हजारभन्दा बढीको मृत्यु, हजारौँ बेपत्ता: युद्धस्तरमा राहत अनि उद्धार जारी

झापा । नेपालको रसुवा क्षेत्रमा आएको भयानक बाढी-पहिरोले निम्त्याएको विनाशका बीच अहिलेसम्म १ हजार ३ सय ५८ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ताजा विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट मानव अङ्गहरूसहित ठूलो सङ्ख्यामा शवहरू फेला पारिएका हुन्।

Advertisement

​प्राधिकरणका अनुसार रसुवामा १७०, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २१३ र नवलपरासी पश्चिममा २२२ जनाको शव भेटिएको छ। तर, फेला परेका शवहरूमध्ये हालसम्म १०२ जनाको मात्रै पहिचान हुनसकेको छ। आफन्तको पहिचानका लागि प्रहरी कार्यालयमा नाता प्रमाणित र फोटोसहित सम्पर्क गर्न अनुरोध गरिएको छ।

Advertisement

​यसैबीच, बाढीको विनाशपछि करिब ५ हजार ३ सय २६ जना मानिसहरू अझै सम्पर्कविहीन रहेका छन्। रसुवाबाट मात्रै २ हजार ८ सय ६० जना बेपत्ता छन्, जसमा स्थानीयवासी, सुरक्षाकर्मी, सरकारी कर्मचारी र वित्तीय संस्थाका कर्मीहरू सामेल छन्। यसका साथै नुवाकोटबाट करिब १९८१ नेपाली नागरिक अनि ५८७ जना विदेशी पर्यटकहरूको अझै अत्तोपत्तो पाउन सकिएको छैन।

​विपदमा परेर गम्भीर घाइते भएका ७ हजार ३७ जनाको उद्धार गरी उपचार गरिएको छ। हालसम्म १३ हजार ५ सय ८३ जना मानिसहरूलाई सकुशल उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ। उद्धार कार्यका निम्ति २९ हजारभन्दा बढी सुरक्षाकर्मीहरू अहोरात्र खटिएका छन् भने नेपाली सेना अनि निजी क्षेत्रका हेलिकप्टरहरूले निरन्तर उडान भरेर राहत र उद्धारको काम गरिरहेका छन्।

​बाढीपीडितहरूका लागि ठाउँ-ठाउँमा होल्डिङ सेन्टरहरू बनाएर खाद्यान्न, इन्धन अनि नगद सहायता पठाउने काम भइरहेको छ। विस्थापित अनि पीडित मानिसहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै डेढ सयभन्दा बढी मनोसामाजिक परामर्शदाताहरू पनि प्रभावित क्षेत्रमा खटाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)