हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

भद्रपुरको सूर्य प्लाइउडमा मार्बलले थिचेर कामदारको मृत्यु

झापा, २३ भाद्र । झापाको भद्रपुरस्थित सूर्य प्लाइउड फ्याक्ट्रीमा निर्माणाधीन भवनका लागि ल्याइएको मार्बलले थिचेर एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–कोटेश्वर, राम मन्दिर क्षेत्रका करिब ३१ वर्षीय राजेन्द्र खड्का रहेका छन्।

Advertisement

​जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित फ्याक्ट्रीको नयाँ भवनका लागि मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट मार्बल झार्ने (अनलोड गर्ने) क्रममा मंगलबार दिउँसो करिब १२:४५ बजे सो दुर्घटना भएको हो। पिकअपबाट मार्बल अनलोड गर्दा एक्कासि मार्बल खसेर खड्कालाई थिचेको थियो।

Advertisement

​घटनामा गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो २:२० बजे उनको मृत्यु भएको हो।

​घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। मृतकका आफन्तसँग समन्वय गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको र शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)