हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दीबारीका मिर्गौला पीडित नवीनको उपचारका लागि कतारबाट सिटौलाले गरे १० हजार सहयोग

झापा — दुवै मिर्गौला फेल भई गम्भीर अवस्थामा रहेका हल्दीबारीका १५ वर्षीय बालक नवीन मेचेको जीवन रक्षाका लागि हल्दीबारी डट कममा समाचार प्रकाशित भएपछि वैदेशिक रोजगारीका क्रममा रहेका युवा तथा स्थानीयबाट आर्थिक सहयोग जुट्न थालेको छ। हालसम्म विभिन्न मनकारी महानुभावहरूबाट कुल २२,५०१ रुपैयाँ सहयोग प्राप्त भएको छ।

Advertisement

​पीडित बालकको उपचारका लागि कतारमा कार्यरत बिर्तामोड नगरपालिका (गरामनी) का रामप्रसाद सिटौलाले सबैभन्दा बढी १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

Advertisement

​यसअघि युरोपमा रहेका दुई स्थानीय युवाले हल्दीबारी डट कममार्फत १० हजार ५ सय १ रुपैयाँ पठाएका थिए। जसअनुसार साइप्रसमा रहेका हल्दीबारी–३ ढडुवाका अनिल मेचेले ५ हजार ५ सय रुपैयाँ र रोमानियामा रहेका हल्दीबारी–४ ऐनाबारीका कृष्ण मेचेले ५ हजार १ रुपैयाँ सहयोग गरेका हुन्।

​यसैगरी हल्दीबारी–२ का बिनय मण्डलले बिरामीकै बैंक खातामा सोझै २ हजार रुपैयाँ जम्मा गरिदिएको पीडित परिवारले जनाएको छ।

​अत्यन्तै नाजुक आर्थिक अवस्थाका कारण बालकको निरन्तर डायलासिस तथा थप उपचारमा समस्या भएपछि परिवारले नवीनको अमूल्य जीवन बचाउनका लागि स्थानीय जनप्रतिनिधि, सामाजिक संघ-संस्था, व्यवसायी, सञ्चारकर्मी तथा देश-विदेशमा रहेका सम्पूर्ण मनकारी महानुभावहरूसँग थप आर्थिक सहयोगको याचना गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)