हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दीबारीमा श्रीमानको निधनको एघारौँ दिन श्रीमतीको पनि निधन

जलथल । हल्दीबारी गाउँपालिका–४, हुलाकी राजमार्गअन्तर्गत अधिकारी चोकबाट पूर्व झड्कन बस्तीमा लामो समयदेखि बसोबास गर्दै आएका मैनाली दम्पतीको छोटो अन्तरालमै निधन भएको छ।

Advertisement

स्थानीय हरिप्रसाद मैनालीको यही भदौ १५ गते सोमबार निधन भएको थियो। उहाँको निधनको एघारौँ दिन आज भदौ २५ गते बिहीबार बिहान ८ः४० बजे उहाँकी श्रीमती रामप्यारी मैनालीको पनि निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

Advertisement

लामो समयदेखि श्रीमान–श्रीमतीका रूपमा सुख–दुःखमा साथ दिँदै आएका मैनाली दम्पतीको यसरी छोटो अन्तरालमै निधन भएपछि परिवार, आफन्तजन तथा स्थानीयवासी शोकमा परेका छन्।

श्रीमानको निधनको पीडा सेलाउन नपाउँदै एघारौँ दिनमै श्रीमतीको समेत निधन हुनुले परिवारजनमाथि थप बज्रपात भएको छ। जीवनभर एकअर्काको सहारा बनेका दम्पतीको एकपछि अर्को निधनले स्थानीय समुदायमा समेत गहिरो दुःख र संवेदना छाएको छ।

मैनाली दम्पतीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। दिवंगत आत्माको चिरशान्तिको कामना।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)