काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष अपनाएको राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

ग्यास आपूर्ति सहज बनाउन उद्यमीहरूमाथि कडा कारबाही (पाता फर्काउने) गर्नुपर्ने, हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेजस्ता विवादित अभिव्यक्ति दिएकी थिइन्। यस्तै, उनले कर्मचारीतन्त्रप्रति समेत असन्तुष्टि व्यक्त गरेकी थिइन्।

उक्त अभिव्यक्ति सार्वजनिक भएको भोलिपल्टै उनले पदत्याग गरेकी हुन्।
