हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४६ मिनेट अगाडि

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार टोली प्रवेश, खोजीकार्य तीव्र

रसुवा । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि विशेष टोली प्रवेश गरेको छ।

Advertisement

​शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरी सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाक्लो लेदो, ढुंगामुढा, कंक्रिट तथा अन्य भग्नावशेष पन्छाएपछि उद्धार टोली भित्र पस्न सफल भएको हो।

Advertisement

​सुरुङभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको वास्तविक अवस्था पत्ता लगाउन र उनीहरूको सकुशल उद्धार गर्न टोलीले भित्र खोजीकार्यलाई तीव्रता दिएको छ। आयोजना स्थलमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिकहरूको टोली खटिएको छ।

​नदीमा अचानक आएको बाढीले आयोजनाको संरचनामा क्षति पुर्याउनुका साथै सुरुङको मुख्य प्रवेशद्वार पूरै पुरेको थियो। सुरुङभित्र ठ्याक्कै कति जना फसेका छन् भन्नेबारे यकिन विवरण आइनसके पनि उद्धार टोलीले सम्भावित स्थलहरूमा खोजी जारी राखेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)