हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

गलगलियामा भारी मात्रामा लागूऔषधसहित दुई पक्राउ: पेस्तोल र गोली पनि बरामद

भद्रपुर (झापा )।नेपाल-भारत सीमावर्ती क्षेत्र गलगलियाबाट भारतीय सुरक्षा बलले भारी मात्रामा लागूऔषध, हातहतियार र गोलीसहित दुईजना कारोबारीलाई पक्राउ गरेको छ।

Advertisement

​प्राप्त जानकारीअनुसार, भारतको एसएसबी ४१औँ बटालियन रानीडाँगा र बिहार प्रहरीको एन्टी नार्कोटिक्स टास्क फोर्स (एएनटीएफ)-को संयुक्त विशेष टोलीले सीमा स्तम्भ नम्बर १०२/३ बाट करिब ५५० मिटर भारततर्फ रहेको गलगलिया थाना क्षेत्रअन्तर्गत लकडी डिपोस्थित मोहम्मद हसिमको घरमा छापा मारेको थियो।

Advertisement

​छापा कारबाहीका क्रममा ५७ वर्षीय मोहम्मद हसिमको घरबाट ५०७ ग्राम ब्राउन सुगर र ८१४ ग्राम एम्फेटामिन (एमडीएमए) जस्तो देखिने सेतो धुलोजस्तो पदार्थ बरामद गरिएको छ। यसका साथै प्रहरीले एक थान म्यागजिनबिनाको कटुवा पेस्तोल, एक राउन्ड गोली र एक थान मोबाइल फोन पनि नियन्त्रणमा लिएको छ।

​कारबाहीका क्रममा ५७ वर्षीय गृहस्वामी मोहम्मद हसिम र भादगाउँ छानु टोल निवासी ३० वर्षीया रुक्सार खातुनलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै आरोपीहरूले भद्रपुर नाका भई नेपालतर्फ पनि ब्राउन सुगरको अवैध सप्लाई गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

​प्रारम्भिक डीडी किट परीक्षणमा बरामद पदार्थ ब्राउन सुगर र एम्फेटामिन नै भएको पुष्टि भएपछि बरामद सामग्री तथा दुवै आरोपीलाई थप कानुनी कारबाहीका लागि गलगलिया प्रहरी थानामा बुझाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)