हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

द ओरियण्टल ईन्स्योरेन्सको ८० औं स्थापना दिवसमा रक्तदान, ६० जनाद्वारा रक्तदान

काठमाडौँ ।द ओरियण्टल ईन्स्योरेन्स कम्पनीले आफ्नो ८० औं स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीको आफ्नै प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा महिला तथा पुरुष गरी ६० जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्।

Advertisement

​कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष, स्वयंसेवी शतक रक्तदाता तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्य र त्रि.वि.वि. लायन्स रक्त सञ्चार सेवा केन्द्रका अध्यक्ष राजेन्द्र गिरी विशेष अतिथिका रूपमा सहभागी थिए।

Advertisement

​सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले विशेष अतिथिद्वयलाई मायाको चिनो प्रदान गरेका थिए। त्यसैगरी स्वयंसेवी रक्तदाताहरूलाई अध्यक्ष कर्माचार्यले सम्मानस्वरूप प्रशंसा-पत्र हस्तान्तरण गरेका थिए।

​कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना दिवसका अवसरमा रक्तदान आयोजना गरिएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)