हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५६ मिनेट अगाडि

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण

झापा । अन्तर्राष्ट्रिय झापाली समाजले कनकाई नगरपालिकालाई करिब ३० लाख रुपैयाँ बराबरका दुई थान स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ। नगर स्वास्थ्य अस्पतालमा उपकरण अभावका कारण नागरिकले पाउने सेवा प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै समाजले सो सहयोग गरेको हो।

Advertisement

​हस्तान्तरण गरिएका उपकरणहरूमा ‘सामसुङ एचएस ४०’ (भिडियो एक्स-रे) र ‘बायो रेड डी १०’ (मधुमेह तथा रगतमा चिनी ग्लुकोज परीक्षण उपकरण) रहेका छन्। यी उपकरणमा एक वर्षको पूर्ण वारेन्टी रहेको छ। काठमाडौं घट्टेकुलोस्थित ‘लिमिनल हेल्थकेयर प्रालि’ ले उपलब्ध गराएका उपकरण समाजले आवश्यकता पहिचान गरी नगरपालिकालाई हस्तान्तरण गरेको जनाइएको छ।

Advertisement

​उपकरण हस्तान्तरण कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेल, नेपाल समन्वय समितिका संयोजक राजु थापा र सचिव सुदर्शन रोक्काले कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल तथा वडा नम्बर ७ का अध्यक्ष भीष्मभूषण सिटौलालाई संयुक्त रूपमा उपकरण बुझाएका थिए।

​वैदेशिक तथा स्वदेशका झापालीहरूलाई सामाजिक काममा जोड्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले शिक्षा, स्वास्थ्य, विपद् र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ। सरकारी अस्पतालमा उपकरण थपिएसँगै अब सर्वसाधारणले सामान्य परीक्षण र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)