हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं, २८ भाद्र । एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। आगामी सेप्टेम्बर महिनामा जापानमा आयोजना हुने एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो।

Advertisement

​नेपाल ओलम्पिक कमिटीले आइतबार सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।

Advertisement

​प्रतियोगिताअन्तर्गत नेपाली टोलीले सेप्टेम्बर २५ मा अफगानिस्तान र सेप्टेम्बर २६ मा आयोजक जापानको सामना गर्नेछ।

​टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल र प्रशिक्षकमा अब्दुल सतार रहेका छन्। यसैगरी टोलीको नेतृत्व (टिम लिडर) विनोद दासले गर्नेछन् भने मेडिकल टोलीमा लोकेन्द्र कुँवर र टेक्निकल टोलीमा रमन शिवाकोटी रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)