हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५९ मिनेट अगाडि

सडक दुर्घटना: मकवानपुरको इन्द्रसरोवरमा गाडी खस्दा ४ जनाको मृत्यु, ४ घाइते

हेटौडा । नेपालको मकवानपुर जिल्लाअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ स्थित सुकौरामा मङ्गलबार दिउँसो एउटा यात्रुवाहक गाडी सडकबाट करिब एक हजार मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित ४ जना गम्भीर घाइते भएका छन्।

Advertisement

​प्राप्त जानकारीअनुसार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा ज्यान गुमाउने चारै जना पुरुष रहेका छन्। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Advertisement

​दुर्घटनामा दुई पुरुष र दुई महिला गरी चार जना घाइते भएका छन्। घाइतेमध्ये गाडी चालक बारा कलैया-२४ निवासी अमिर अन्सारी, मकवानपुर हेटौँडा-११ निवासी कल्पना तामाङ र पहिचान नखुलेका अर्का एक घाइतेलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ। यस्तै, बारा महागढीमाई-११ निवासी बबियाकुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

​घटनालगत्तै प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारकार्यमा जुटेको थियो। गाडीमा चालकसहित जम्मा ८ जना सवार रहेको र दुर्घटनाको मुख्य कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)