हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दीबारीमा जापानीज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान चलाइँदै, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

झापा । हल्दीबारी गाउँपालिकामा जापानीज इन्सेफ्लाइटिस (जेई) रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी असोज ५ गतेदेखि गाउँपालिकाभरिका ३० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिन लागिएको हो ।

Advertisement

​खोप अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले बुधबार गाउँपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीहरूका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

Advertisement

​गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार तालिममा पालिकाअन्तर्गतका तीनवटै स्वास्थ्य चौकी, दुई आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्थानीय अस्पताल, नागरिक आयुर्वेद आरोग्य केन्द्रका स्वास्थ्यकर्मीका साथै विद्यालय स्वास्थ्य नर्सहरूको सहभागिता थियो ।

​अभिमुखीकरणका क्रममा खोपको महत्त्व, भण्डारण, व्यवस्थापन तथा लक्षित वर्गसम्म खोप पुर्‍याउने रणनीतिबारे जानकारी गराइएको थियो । अभियान अवधिभर ३० वर्षमाथिका सबै नागरिकलाई खोपको पहुँचमा ल्याउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)