हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

भारत : उत्तरी त्रिपुरामा ४० करोड मूल्यको याबा ट्याब्लेटसहित ठूलो परिमाणको लागुऔषध बरामद

झापा । भारतीय राज्य त्रिपुराको उत्तरी क्षेत्रमा प्रहरीले लागुऔषधविरुद्धको अपरेसनका क्रममा ठूलो सफलता हासिल गर्दै करिब ४० करोड भारतीय रुपैयाँ मूल्य बराबरको ५० किलो ‘याबा’ ट्याब्लेट बरामद गरेको छ।

Advertisement

​उत्तरी त्रिपुरा जिल्लाको पनीसागर थाना क्षेत्रमा सञ्चालित विशेष सुरक्षा अपरेसनका क्रममा उक्त प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो। अवैध लागुऔषधको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सञ्जालमाथि प्रहरीले गरेको यो कारबाहीलाई ठूलो धक्काका रूपमा हेरिएको छ।

Advertisement

​त्रिपुराका मुख्यमन्त्री डा. माणिक साहले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै युवा जनशक्ति र समाजलाई लागुऔषधको कुलतबाट जोगाउन सुरक्षा निकायले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। यस सफलताले ‘नशामुक्त त्रिपुरा’ बनाउने राज्य सरकारको अभियानलाई थप बल पुर्‍याएको मुख्यमन्त्री साहले उल्लेख गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)