हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५४ मिनेट अगाडि

भारतका लागि नेपालको राजदूतमा डा. निश्चलनाथ पाण्डे सिफारिस

झापा । नेपाल सरकारले भारतका लागि कूटनीतिज्ञ डा. निश्चलनाथ पाण्डेलाई नयाँ राजदूतमा सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले भारतसहित १३ वटा मुलुकमा नयाँ राजदूतको नाम सिफारिस गर्ने क्रममा भारतका लागि डा. पाण्डेलाई चयन गरेको हो। नेपाल-भारत बीचको विशिष्ट कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन र द्विपक्षीय हितका विविध विषयहरूलाई प्रभावकारी रूपमा अघि बढाउन डा. पाण्डेको नाम अघि सारिएको हो।

Advertisement

यसै निर्णयअनुसार सरकारले चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा तथा बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणालाई राजदूतका रूपमा सिफारिस गरेको छ।

Advertisement

त्यसैगरी जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस हुनुभएको छ।

सिफारिस गरिएका सबै प्रस्तावित राजदूतहरू संसदीय सुनुवाइ प्रक्रिया र सम्बन्धित कानुनी चरणहरू पूरा भएपछि औपचारिक रूपमा नियुक्त हुनुहुनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)