हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

प्रधानमन्त्री बालेन शाहको चेतावनी : संविधान जतिसुकै राम्रो भए पनि चलाउने हात इमानदार नभए त्यो केवल कागज बन्नेछ

झापा । नेपालको संविधान दिवसका अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री बालेन शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई सञ्चालन गर्ने नेतृत्व र हातहरू इमानदार नभए त्यो केवल एउटा कागजको पाना मात्र बन्ने चेतावनी दिएका छन्।

Advertisement

विशेष समारोहमा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनाप्रति वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै भने, “हामीले कहिल्यै बिर्सनु हुँदैन—संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई चलाउने हातहरू इमानदार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागज मात्रै बन्नेछ।”

Advertisement

उनले नेपाली जनतासँग संविधानले गरेका बाचाहरू, विविधताबिचको एकता, विभेदको अन्त्य, सामाजिक न्याय र कानुनी राज्य नै नेपालको राष्ट्रिय जीवनको मूल आधार भएको स्पष्ट पारे।

देशको वर्तमान प्रशासनिक तथा राजनीतिक अवस्थाबारे बोल्दै प्रधानमन्त्री बालेन शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्न सरकार दृढ रहेको बताए। “भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ, तर अब त्यो जरो उखेल्ने हातहरू झन् बलिया र धेरै भएका छन्,” उनले थपे, “विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो र सुशासन नारामा होइन, काममा हुनुपर्छ।”

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक संरचनाको सुधार, प्रशासनमा राजनीतिक तटस्थता र सरकारी पदहरूमा क्षमताका आधारमा नियुक्ति (मेरिटोक्रेसी) लाई प्राथमिकताका साथ अघि बढाएको उनले जानकारी गराए। सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयबाटै देशको विकास सम्भव हुने उनको भनाइ थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)