हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

प्रेम न्यौपानेको नेतृत्वमा नेपाली कांग्रेस हल्दिबारी–३ को नयाँ कार्यसमिति सर्वसम्मत

अभिषेक खतिवडा

Advertisement

हल्दिवारी (झापा ) । नेपाली कांग्रेस हल्दिबारी गाउँपालिका–३ वडा कार्यसमितिको अधिवेशन आइतबार सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले प्रेम न्यौपानेको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ।

Advertisement

​पूर्व वडा सभापति धनबहादुर सावाको अध्यक्षतामा भएको अधिवेशनमा महाधिवेशन प्रतिनिधि एवं कांग्रेस नेता कृष्णप्रसाद प्रसाईं प्रमुख अतिथि थिए। कार्यक्रममा महाधिवेशन प्रतिनिधि जगत बस्नेत, झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव भूपाल बस्नेत, जिल्ला सदस्य पुस्तकराज नेपाल लगायतका नेता-कार्यकर्ताको उपस्थिति थियो।

​अधिवेशनले उपसभापतिमा ममता राउत (खत्री) र अर्जुन गिरी, सचिवमा भीम काफ्ले तथा सहसचिवमा राजेन्द्र वानियाँलाई चयन गरेको छ। सदस्यहरूमा भीमकुमारी वन, डिल्लीराम उप्रेती, विद्यानन्द महत्तो र अमृत गुरुङ चुनिएका छन्। कोषाध्यक्ष भने आगामी बैठकबाट चयन गरिने जनाइएको छ। निर्वाचन मण्डलीको संयोजकको भूमिका विनोद भण्डारीले निर्वाह गरेका थिए।

​त्यस्तै, अधिवेशनले झापा क्षेत्र नम्बर ३ का लागि विभिन्न समावेशी समूहबाट क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ।

​खुलातर्फ सरोज विमली, हेमन्त मैनाली, दाताराम खतिवडा, अर्जुनप्रसाद गिरी र विनोदकुमार दाहाल चयन भएका छन् भने महिलातर्फ तारादेवी ढुङ्गेल, नरमाया गिरी र निरादेवी दाहाल चुनिएका छन्। खस–आर्यतर्फ कर्णबहादुर गिरी र हरिप्रसाद रेग्मी, पेशातर्फ पदमबहादुर वन, श्रमिकतर्फ विष्णुप्रसाद दाहाल तथा आदिवासी जनजातितर्फ धनबहादुर सावा, शेखर मेचे र प्रतिमा भुजेल चयन भएका छन्।

​यसैगरी अपाङ्गतातर्फ लालबहादुर कन्दङवा, दलिततर्फ चन्द्रबहादुर दर्जी, मधेसीतर्फ सतेन्द्र कर्ण, अल्पसंख्यकतर्फ महेन्द्र ठाकुर, युवातर्फ आयुष मेचे र गुणराज निरौला तथा प्रजातन्त्र सेनानीतर्फ दिलबहादुर गुरुङ र वेदनिधि दाहाल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका छन्।

​निर्वाचन संयोजक भण्डारीले नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। लगत्तै पूर्व सभापति सावाले नवनिर्वाचित सभापति न्यौपानेलाई माइन्युट बुझाएर औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरे।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रसाईंले लोकतान्त्रिक मूल्य–मान्यता, विधि र पार्टीको आदर्शलाई आत्मसात् गर्दै जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। क्षेत्रीय सचिव बस्नेतले सर्वसम्मत रूपमा नेतृत्व चयन भएकोमा खुसी व्यक्त गर्दै नयाँ टिमलाई बधाई दिएका थिए।

​अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप चुस्त र सक्रिय बनाउँदै जनतासँगको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)