हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

डेंगुको तीव्र त्रास: कोशीमा ७९३ जना सङ्क्रमित, झापा र सुनसरी उच्च जोखिममा

झापा । कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्न थालेको छ। प्रदेशका १३ जिल्लामा फैलिएको डेंगुबाट झापा जिल्ला सबैभन्दा बढी प्रभावित र उच्च जोखिममा परेको छ।

Advertisement

​कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृती लुइँटेलका अनुसार सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशभर कुल ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

Advertisement

​सङ्क्रमितमध्ये झापामा मात्रै हालसम्म २२८ जना फेला परेका छन् भने दोस्रो धेरै सङ्क्रमित रहेको सुनसरीमा २०३ जना पुगेका छन्।

​निर्देशनालयका अनुसार ओखलढुंगामा १२२ र खोटाङमा ८२ जना डेंगुका बिरामी भेटिएका छन्। यसैगरी पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बु र तेह्रथुममा ३-३ जना तथा ताप्लेजुङमा १ जनामा सङ्क्रमण पुष्टि भएको छ।

​यसै अवधिमा विभिन्न जिल्लाका अस्पतालहरूमा ५१ जना सम्भावित र दुई जना शङ्कास्पद डेंगुका बिरामी उपचाररत रहेको जनस्वास्थ्य अधिकृत लुइँटेलले जानकारी दिइन्।

​डेंगुको जोखिम तीव्र रूपमा बढेकाले लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)