हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना: सुरुङभित्रबाट ३७ शव बरामद, उद्धार कार्य जारी

झापा ।माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट हालसम्म ३७ वटा शव निकालिएको छ। आइतबार मात्रै अडिट ३ बाट थप १३ वटा शव निकालिएको आयोजना सूत्रले जनाएको छ।

Advertisement

​प्राप्त जानकारी अनुसार, नेपाली सेना तथा कम्पनीको संयुक्त उद्धार टोलीले अडिट ३ अन्तर्गतको अपस्ट्रिम हेड रेस टनेलभित्र कंक्रिटिङका लागि बनाइएको रेबरको जालमा अल्झिएका र हिलोले पुरिएका अवस्थामा ती शवहरू फेला पारेका हुन्।

Advertisement

​बरामद गरिएका शवहरूलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा एयर लिफ्ट गरी नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्बा स्वास्थ्य परिसरमा पुऱ्याइएको छ।

​घटनास्थलमा ग्राउन्ड सर्चका लागि विशेष रूपमा तालिमप्राप्त कुकुर (सर्च डग) को टोली परिचालन गरिएको छ भने टनेलभित्र दुईतर्फी रूपमा मिनि एक्स्काभेटर प्रयोग गरी खोजी तथा उद्धार कार्यलाई अझ तीव्र पारिएको कम्पनीले बताएको छ।

​उल्लेखनीय छ, गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण यस जलविद्युत् आयोजनाका ४५८ जना कामदार तथा कर्मचारीहरू सम्पर्कविहीन भएका थिए। हराइरहेका अन्य व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)