हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हरियाणाका हत्या आरोपी नेपाल छिर्न खोज्दा बागडोग्रामा पक्राउ

झापा : हरियाणामा एक युवकको हत्या गरी नेपालतर्फ भागिरहेका तीनजना अभियुक्त भारतीय प्रहरीको फन्दामा परेका छन्। सिलगढी मेट्राेपोलिटन प्रहरीको ‘स्पेसलाइज्ड अपरेसन ग्रुप’ (एसओजी) र बागडोग्रा थाना प्रहरीको संयुक्त टोलीले मुनी मोडस्थित राष्ट्रिय राजमार्ग ३१ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Advertisement

​पक्राउ पर्नेहरूमा हरियाणा निवासी जसनदीप सिंह, करण कौशल र आशिष सिंह रहेका छन्।

Advertisement

​प्रहरीका अनुसार गत सेप्टेम्बर १४ को राति हरियाणाको कुरुक्षेत्रमा गाडी पन्छाउने विषयलाई लिएर दुई समूहबीच विवाद भएको थियो। त्यसक्रममा अभियुक्तहरूले गुरप्रीत सिंह र उनका आफन्त गगनदीप सिंहमाथि लाठी तथा तरबारले साङ्घातिक आक्रमण गरेका थिए। गम्भीर घाइते गुरप्रीतको उपचारका क्रममा गत शनिबार बिहान मृत्यु भएको थियो। उक्त दुखद घटना गुरप्रीतको जन्मदिनकै दिन घटेको बताइएको छ।

​घटनापश्चात् आक्रोशित परिवार र स्थानीय बासिन्दाले शव सडकमै राखेर प्रदर्शन गर्दै प्रहरीमा उजुरी दर्ता गराएका थिए। उजुरी परेलगत्तै तीनैजना अभियुक्त फरार भएका थिए।

​प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तहरू सुरुमा भुटान पुगेका थिए। त्यहाँबाट फर्किएर सिलगढीको एक गुप्त आश्रयस्थलमा बसेका उनीहरू बागडोग्राको बाटो हुँदै नेपाल छिर्ने अन्तिम तयारीमा थिए।

​प्रहरीले अभियुक्तहरूलाई ट्रान्सिट रिमाण्डमा लिएको छ र आवश्यक कारबाहीका लागि हरियाणा प्रहरीको जिम्मा लगाउने तयारी गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)